Date

शनि, असार २८, २०८२
Sat, July 12, 2025

सेयरमा अनलाइन कारोबार संचालनको सकारात्मक प्रभाव, बजार १० अंकले बढ्यो

सेयरमा अनलाइन कारोबार संचालनको सकारात्मक प्रभाव, बजार १० अंकले बढ्यो

काठमाडौ, २० कात्तिक । सेयर बजारमा आज पनि दोहोरो अंकले सुधार आएको छ । बजार खुलेदेखि नै उकालो लागेको परिसूचक १०.७९ अंकले बढेर १२१८.०७ बिन्दुमा उक्लिएको छ ।

नेपाल स्टक एक्सचेन्जले आज देखि सेयरमा अनलाई कारोबार सुरु गरेको छ । त्यसैको सकारात्मक प्रभाव बजारमा देखिएको विश्लेषण गरिएको छ । अनलाई कारोबार सुरु भएसँगै अव लगानीकर्ताले देशका जुनसुकै कुनावाट पनि अनलाइन मार्फत सेयर खरिद गर्न सक्ने छन् ।

आज कारोबारमा आएका मध्ये सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ६५.३३ अंकले बढेको छ। नीर्जिवन ५७.०२ र होटल समूहको परिसूचक ३७.०२ अंकले बढेको छ । आज एक सय ५५ कम्पनीको २४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *