पछिल्लो केही दिन क्रमश घटेको सुन आज भने दुई सयले बढ्यो
काठमाडौं, २९ कात्तिक । नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको अवधीमा प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको सुन पछिल्लो समय क्रमश घट्न थालेको छ ।
सुन चाँदीको अत्याधीक कारोबार हुने समय तिहारको समयमा १ हप्ता सम्म ६० हजार प्रतितोला कारोबार भएको थियो ।
तिहार सकिएपछि कारोबार सुरु भएको पहिलो दिन कात्तिक २५ गते नेपाली बजारमा छापावाला सुनको तोलाको एक हजार रुपैयाँले घटेर ५९ हजार रुपैयाँमा
कारोबार भएको थियो । पहिलो दिन एक हजारले घटेको सुन दोस्रो दिन १ सय रुपैयाँले घटेको थियो । त्यस्तै तेस्रो कारोबार दिन चार सय रुपैयाँलेृ घटेर ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने चौथो तीन सयम रुपैयाँले घटेको थियो । आज भने पुन दुई सय रुपैयाँले बढेर तोलाको ५८ हजार चार सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।