Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सेयर बजार ३.३१ अंकले घट्यो,२३ करोड ९८ लाखको कारोबार

सेयर बजार ३.३१ अंकले घट्यो,२३ करोड ९८ लाखको कारोबार

काठमाडौं, २९ कात्तिक । साताको अन्तिम दिन कारोबार दिन बिहिबार सेयर बजार ३.३१ अंकले घटेर १,२०५.५८ को बिन्दुमा झरेको छ ।

सो दिन कारोबार भएका १ सय ५८ कम्पनीको २३ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।सबै भन्दा धेरै प्रभु बैंकको सेयर किनबेच भएको छ । सो बैंकको २ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

यस्तै सबै भन्दा बढी कमाउनेमा एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताहरु रहेका छन् । जसको सेयर मुल्य ९.९३ प्रतिशतले बढेको छ भने सबै भन्दा बढी गुमाउनेमा मेरो माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको सेयर मुल्य ३.८८३५ प्रतिशतले घटेको छ ।
यसैगरि सो दिन होटल बाहेक अन्य सबै समूहको परिसुचक ओरालो लागेको छ ।

होटल समुहको परिसुचक ०.३८ अंकले बढेको छ । सबै भन्दा बढी निर्जीवन बीमा समुहको परिसुचकमा २४.१७ अंकले कमि आएको छ । त्यस्तै माईक्रोफाईनान्स समुह १२.७९ अंक, जल विद्युत समुह ३.६६ अंक, विकास बैंक समुह ३.१९ अंक, बैंकिङ्ग समुह २.९८ अंक, अन्य समुह १.१२ अंक र फाइनान्स समुहको परिसुचक ०. ६७ अंकले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x