सुर्योदय लघुवित्तले ४२.७५ प्रतिशतले बोनस सेयर दिने
काठमाडौं, २९ कात्तिक । सुर्योदय लघुवित्त वित्तिय संस्थाले गत बर्षको संचित मुनाफाबाट ४२.७५ प्रतिशतका दरले आफ्ना सेयरधनीहरुलाई बोनस सेयर वितरण गर्ने भएको छ । संस्थाको कात्तिक २९ गते बसेको १ सय १९ औं सञ्चालक समितिको बैठक उक्त बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
संस्थाको संचालक समितिले सिफारिस गरे बमोजिम गत आर्थिक बर्षको असार मसान्तमा कायम रहेको चुक्ता पुँजी ७ करोड ५६ लाख रुपैयाँ बराबरको ४२.७५ प्रतिशत ३ करोड २३ लाख १९ हजार रुपैयाँ र कर प्रयोजनका लागी २.२५ प्रतिशत लाभांस प्रस्ताव गरेको छ ।
साथै संस्थाले बोनस पश्चात कायम हुने चुक्ता पुँजी १० करोड ७९ लाख १९ हजार रुपैयाँको ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव समेत गरेको छ ।