Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

अलैची बोर्ड स्थापना गर्न कृषक र व्यापारीको माग

अलैची बोर्ड स्थापना गर्न  कृषक  र व्यापारीको माग

काठमाडौं, २९ कात्तिक । नेपालबाट करिब ९० प्रतिशत भारतमा मात्र निर्यात हुने अलौंची खेतीको विकास र खेती गर्ने क्रममा आउने समस्याहरुको समाधान गर्न अलौंची कृषक तथा व्यवसायीहरुले सरकारसंग माग गरेका छन् । बुधबार काठमाडौंमा विश्व परिदृष्य बकालत मञ्चले आयोजना गरेको अन्तरक्रिर्या कार्यक्रममा उनीहरुले अलौंची खेतीको विकासका लागि छुटै ऐन कानुनसँगै बोड गठन गर्न माग गरेका थिए ।

संसारमा पाईने १५ प्रजातिका अलौंचीहरु मध्ये नेपालमा ५ जातिका अलौंची खेती हुदै आएको छ । बार्षिक करिब ६ अर्ब रुपैयाँ बराबरको निर्यात हुने अलौची नेपालमा १३ हजार ५ सय हेक्टर क्षेत्रफलमा खेती हुन्छ । यो पेशामा करिब १ लाख भन्दा बढी कृषकहरु संलग्न छन् । तर परम्परागत शैलीमा खेती गरिदै आएको हुदाँ अव प्रविधि र उच्च गुणस्तरका बिरुवाहरु नेपाल भित्रयाई अलौंची उत्पादन बढाउन आवश्यक रहेको कृषकहरु बताउछन् ।

हाल अलौंचीको क्षेत्रमा अलौंची सम्बन्धी राष्ट्रिय नीति नहुनु, विश्व बजारमा नेपाली अलौंचीको पहिचान नहुनु, आधुनिक गोदामको अभाव, गे्रडिङ्ग, तेस्रो मुलुकमा सोझै निर्यात गर्न नसक्नु जस्ता समस्याका कारणले सम्भावना भएरपनि यस क्षेत्रको विकास हुन सकेको छैन । कालो सुन एवं मसलाको रानीको रुपमा समेत चिनिने अलौंची नेपालबाट अन्य देशहरुमा निर्यात गरिने मुख्य मसला बाली हो । नेपालबाट मुख्य भारत, पाकिस्तान, बंगलादेश, खाडी मुलुकहरु, र युरोपियन मुलुकहरुमा अलौंची निर्यात हुने गर्दछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x