Date

मङ्ल, कार्तिक ६, २०८१
Tue, October 22, 2024

तेह्रथुममा ‘वित्तीय साक्षरता तथा सहुलियत कर्जा सम्बन्धी अन्तरक्रिया’ सम्पन्न

तेह्रथुममा ‘वित्तीय साक्षरता तथा सहुलियत कर्जा सम्बन्धी अन्तरक्रिया’ सम्पन्न

काठमाडौं, ७ मंसिर । नेपाल बैंकर्स संघको आयोजना तथा एनआईसी एशिया बैंक लिमिटेडको सहयोगमा तेह«्र्रथुमको म्याग्लुङ्ग बजारमा ‘वित्तीय साक्षरता तथा सहुलियत कर्जा सम्बन्धी अन्तरक्रिया’ सम्पन्न भएको छ । बैंकिङ कारोबार र त्यसमा पनि बैंकले प्रदान गर्ने कर्जामा सम्पूर्ण नेपाली नागरिकको सहज पहँुच स्थापित गर्न तथा राष्ट्रको उत्पादकत्व अभिवृद्धि गर्दै गरिबीको रेखामुनी रहेका सम्पूर्ण नेपालीहरुको जीवनस्तर उकास्ने अभिप्रायले सो कार्यक्रम संचालन गरिएको बताइएको छ ।

उक्त कार्यक्रममा एनआईसी एशिया बैंक म्याग्लुङ्ग शाखाबाट तीन जना ग्राहकहरुलाई व्यावसायीक कृषि परियोजना अन्र्तरगत सहुलियत कर्जा प्रदान गरिएको छ । उक्त कार्यक्रममा कर्जा उपयोग गर्ने तेज बहादुर बस्नेत, बिष्णु प्रसाद सुबेदी र नरेन्द्र कुमार सुब्बालाई कार्यक्रमका नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटी र नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले कर्जा सुविधा प्रस्ताव पत्र हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा म्याग्लुङ्ग बजारमा स्थापित कृषि विकास बैंक, ग्लोबल आईएमई बैंक तथा जनता बैंकका शाखा कार्यालयहरुबाट समेत ग्राहकहरुलाई कर्जा सुबिधा प्रस्ताव हस्तान्तरण गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x