Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

नेपाल चेम्बर एक्स्पो बिहिबार देखि

नेपाल चेम्बर एक्स्पो बिहिबार देखि

काठमाडौं, १२ मंसिर । चौथो ‘नेपाल चेम्बर एक्स्पो–२०१८’ को तयारी पूरा भएको जनाइएको छ । नेपाल चेम्बर अफ कमर्सले पत्रकार सम्मेलनको आयोजना गरि एक्स्पोको तयारी पूरा भएको जनाएको हो ।

चेम्बरले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा उक्त एक्स्पो गर्न लागेको हो । काठमाडौंको भृकुटीमण्डपमा बिहीवारदेखि हुने उक्त एक्स्पो मङ्सिर १७ गतेसम्म सञ्चालन हुनेछ । ‘देशको समग्र विकास, निजीक्षेत्रको सशक्तीकरणबाट मात्र सम्भव हुने’ मूल नारासहित एक्स्पोको आयोजना गरिएको हो । निर्यात प्रवर्द्धन, वैदेशिक लगानी आकर्षण र अन्तरराष्ट्रिय आर्थिक सङ्गठनहरूमा केन्द्रित रहेर एक्स्पो सञ्चालन गरिने आयोजकको भनाइ छ ।

एक्स्पोमा अटोमोबाइल, इलेक्ट्रिक, फ्लोरिङ एण्ड फर्निसिङ, मोबाइललगायत राष्ट्रिय तथा अन्तरराष्ट्रिय ब्राण्डका सामग्रीको प्रदर्शनी हुनेछ । यद्यपि, एक्स्पोले स्वदेशी उत्पादनको बजारीकरणमा विशेष जोड दिने आयोजकको भनाइ छ ।
आयोजकका अनुसार एक्स्पोमा १ सय ९ं० स्टल रहनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x