Date

शनि, असार २१, २०८२
Sat, July 5, 2025

जनता बैंकले देशका विभिन्न भागमा निःशुल्क आँखा शिविर संचालन गर्ने

जनता बैंकले देशका विभिन्न भागमा निःशुल्क आँखा शिविर संचालन गर्ने

काठमाडौं, १२ मंसिर । जनता बैंक नेपालले देशको दुर्गम क्षेत्रका विपन्न वर्गलाई लक्षित गर्दै निःशुल्क आँखा शिविर संचालन गर्ने भएको छ । संस्थागत सामाजिक उत्तरदायित्वमा कार्यक्रम अन्तर्गत स्वास्थ्यलाई प्राथमिकतामा राखि नेपाल नेत्रज्योति संघको सहकार्यमा उक्त शिविर संचालन गर्न लागेको हो ।

त्यसका लागि बैंकले नेत्रज्योति संघ संझौता सम्पन्न गरिसकेको छ । उक्त सम्झौता पत्रमा जनता बैंक नेपालका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा. डा. तिर्थप्रसाद मिश्रले हस्ताक्षर गरेका छन् ।

यो वर्ष बैंकको रसुवा, रामेछाप, रोल्पा र हुम्लामा स्वास्थ्य शिविर संचालन गर्ने कार्यक्रम रहेको छ । गत आर्थिक बर्षमा बैंकले सिन्धुपाल्चोक, लमजुङ, अर्घाखाँची र जुम्लामा गरिएको स्वास्थ्य शिविरमा ८२ जनाको मोतिबिन्दुको निःशुल्क अपरेशन, ७ जना महिलाहरुको पाठेघरको निःशुल्क अपरेशन गरिएको थियो भने करिव ४ हजार जनताहरुको स्वास्थ्य परिक्षण गरी निःशुल्क औषधि वितरण गरेको थियो ।
शिविरमा मोतिबिन्दुको अपरेशन गर्नु पर्ने विरामीको निःशुल्क अपरेशन गर्नुको साथै आवश्यक औषधी तथा चश्मा वितरण गरिने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *