Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सुदुरपश्चिमको दार्चुलामा इन्भेष्टमेन्ट बैंकको शाखा संचालनमा

सुदुरपश्चिमको दार्चुलामा इन्भेष्टमेन्ट बैंकको शाखा संचालनमा

काठमाडौं, १२ मंसिर । नेपाल इन्भेष्टमेन्ट बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले सुदुरपश्चिमको दार्चुलामा शाखा कार्यालय संचालनमा ल्याएको छ । प्रदेश नं. ७ मा पर्ने दार्चुलाको दुहु गाउँपालिका स्थित हिकिलामा बैंकले आफ्नो ७८ औं शाखा संचालनमा ल्याएको हो ।

बैंकले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको जनाएको छ । हाल सम्म बैंकले विपन्न वर्ग कर्जा तर्फ प्रत्यक्ष २५ हजार व्यक्तिलाई ४ अर्ब ११ करोड रुपैयाँ लगानी गरेको छ ।
नौ लाखभन्दा बढी ग्राहक रहेको बैंकको १ सय ७ वटा एटिएम पुगेको छ भने ८ वटा एक्स्टेन्सन काउन्टर, ४९ वटा शाखारहित बैंकिङ सुविधा तथा नौ वटा राजस्व संकलन केन्द्र रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x