Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सेयर बजार २.१० अंकले घट्यो, कारोबार रकममा भने बृद्धि

सेयर बजार २.१० अंकले घट्यो, कारोबार रकममा भने बृद्धि

काठमाडौं, १२ मंसिर । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.१० अंकले घटेको छ । साताको पहिलो र दोश्रो दिन लगातार घटेको नेप्से तेश्रो दिन भने झिनो अंकले बढेको थियो । तर बुधबार अर्थात चौथो दिन पुन ओरालो गरेर बजार ११५९.३८ बिन्दुमा झरेको हो ।

बुधबार १ सय ५३ कम्पनीको १३ लाख ९६ हजार ९ सय २७ कित्ता सेयर खरिद बिक्री हुदा समग्रमा ४० करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो रकम मंगलबारको भन्दा १५ करोड रुपैयाँले बढी हो ।

अन्य समूह बाहेक अरु बाँकी सबै समूहको परिसूचक ओरालो लागेको छ । अन्य समूह २.११ अंकले बढेको छ । विकास बैंक समूह ९४१.१४ अंक, बैंकिङ समूह १.८१, होटल समूह ३.२५, , जलश्रोत समूह ४.९७, निर्जीबन बीमा समूह २५.४१, लघुबित्त समूह १२.९१ र जीवन बीमा समूह १.८८ अंकले घटेको हो ।

सिटिजन्स म्याचुअल फण्डका लगानीकर्ताले सबैभन्दा बढी ३.९७ प्रतिशतले कमाई गरेका छन् भने समता माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ५.४१ प्रतिशतले गुमाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x