प्रस्तावित पूर्वाधार विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञवाली, अध्यक्षले गरे स्वागत
काठमाडौं, १७ मंसिर । प्रस्तावित पूर्वाधार विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवाली नियूक्त भएका छन् । बैंक संचालक समितिको बैठकले उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियूक्त गर्ने निर्णय गरेको हो ।
आज संचालक समितिका अध्यक्ष डा. विमल कोइरालाले ज्ञवालीलाई खादा लगाएर स्वागत गरेका छन् । उनको दुई वर्षको कार्यकाल हुने छ । नविल बैंक, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी सम्हालि सकेका ज्ञवालीसँग ३३ वर्षको बैंकिङ अनुभव छ ।
बैंकले अझै स्विकृती पाएको छैन । तर राष्ट्र बैंकले प्रमुख कार्यकारी अधिकृत नियूक्ती गरेर अन्य लगायतका अन्य प्रक्रिया पुरा गर्न भने अनुसार उनलाई नियुक्त गरिएको बुझिएको छ ।
बैंकको चुक्ता पूँजी २० अर्व रुपैयाँ हुने छ । बैंकको नेतृत्व तहमा सरकारी सहित उच्च तहका व्यवसायीक घरानाको संलग्नता रहेको छ ।