जनता बैंक र सानिमा इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं, १७ मंसिर । जनता बैंक र सानिमा लाईफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर र इन्स्योरेन्सका नायव महाप्रबन्धक केशबराज केसीले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार अव जनता बैंकका ग्राहकले बैंकको सम्पुर्ण शाखा कार्यालयबाट सानिमा लाईफ इन्स्योरेन्सको जीवन बीमा सेवा उपयोग गर्न सक्ने छन् ।