Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

नेपाल र बंगलादेशबीच उर्जा संयन्त्रको बैठक, विद्युत् व्यापार तथा लगानीबारे छलफल

नेपाल र बंगलादेशबीच उर्जा संयन्त्रको बैठक, विद्युत् व्यापार तथा लगानीबारे छलफल

काठमाडौं,१९ मंसिर । नेपाल र बंगलादेशबीचको उर्जा संयन्त्रको बैठक सम्पन्न भएको छ । गत साउनमा दुई देशका उर्जा मन्त्रीहरुबीच उर्जा सहयोग सम्बन्धि सम्झौतामा व्यवस्था गरिएको द्विदेशीय संयन्त्रको यो पहिलो बैठक हो । उर्जा सहयोग सम्बन्धि सम्झौतामा दुई देशबीच उर्जा मन्त्रालयका सहसचिवको नेतृत्वमा संयुक्त कार्यदल र सचिवको नेतृत्वमा निर्देशक समिति रहेको छ । निर्देशक समिति बैठकको अघिल्लो दिन कार्यदलको बैठकले सचिवहरुको बैठकमा पेश गर्ने एजेण्डा टुंगो लगाउँछ । कार्यदलको बैठकमा जलविद्युत् विकासमा लगानी, विद्युत् व्यापार, अन्तरदेशीय प्रसारणलाइन निर्माण, माथिल्लो कर्णालीको ५०० मेगावाट विद्युत् बंगलादेश निकासी लगायतका विषयमा छलफल भएको थियो ।
यसपटकको उर्जा संयन्त्रको बैठकमा नेपालका तर्फबाट उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र बंगलादेशका विद्युत् उर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव डा. अहमद काइकाउसले नेतृत्व गरेका थिए । बैठकले दुई देशबीच विद्युत् व्यापारलाई सम्भव बनाउन दुवै देशका योजनाहरुको समीक्षा गर्ने र दीर्घकालीन योजनामा यी विषय समावेश गर्ने सहमति भएको छ । त्यस्तै, नेपालमा लगानीयोग्य जलविद्युत्का उत्पादन आयोजनाहरुको पहिचान गर्न दुवै देशका तीन–तीन सदस्य रहनेगरी प्राविधिक टोली बनाउने सहमति भएको छ । सदस्यहरुको नाम एकअर्को देशलाई एक महिनाभित्र उपलब्ध गराउने सहमति भएको उर्जा मन्त्रालयले जनाएको छ । यस्तै प्राविधिक टोली प्रसारण लाइनको सम्भाव्यता अध्ययनका लागि पनि तयार गरिने भएको छ । त्यस्तै, नेपाल र भारत तथा भारत र बंगलादेशबीच संयुक्त समितिको बैठकमा अन्तरदेशीय प्रसारणलाइनका लागि त्रिपक्षीय व्यववस्था गर्न आ–आफ्नो तर्फबाट पहल गर्ने सहमति भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x