युनाईटेड मोदि हाइड्रोपावरको पौष ७ मा एजिएम, ५ प्रतिशत नगद लाभांश
काठमाडौं, १४ मंसिर । युनाईटेड मोदी हाइड्रोपावरले पौष ७ गते वार्षिक साधारण सभा राख्ने भएकोछ । उक्त साधारण सभामा कम्पनीले शेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
कम्पनीको गत मंसिर ७ गते बसेको संचालक समितिको बैठकले शेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीले शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाको ५ प्रतिशत अर्थात ५ करोड ७५ लाख रुपैयाँ बराबरको नगद लाभांश दिने भएको हो ।