गतसाता सेयर बजारमा १० अंकको गिरावट, झन्डै दुई अर्वको कारोबार
काठमाडौं, २२ मंसिर । साताको पहिलो दिनको तुलनामा साताको अन्तिम दिन नेप्से परिसुचक १०.०५ अंकले घटेको छ । यस साता जम्मा ७३,४८,२०९ कित्ता सेयर खरिद बिक्री हुँदा झन्डै दुई अव बराबरको सेयर कारोबार भएको थियो ।
साताको पहिलो दिन आइतबार नेप्से दोहोरो अंकले घटेको थियो । उक्त दिन नेप्से १७.७३ दोहोरो अंकले घटेर ११३० को बिन्दुमा बन्द भई सुचक पछिल्लो ३ बर्षयताकै न्यूनतम विन्दुमा आइपुगेको थियो । आइतबार जम्मा दिन कुल १ सय ५६ कम्पनीको १४,४२,१३८ कित्ता शेयर खरिदबिक्री भएको थियो भने ४५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो ।
त्यसैगरी साताको दोस्रो दिन सोमबार बजारले लगानीकर्ताहरुलाई झिनो आसा देखाएको थियो सो दिन नेप्से परिसुचक ०.९० अंकले बढेर १,१३१.७३ अंकमा बन्द भएको थियो । साताको तेस्रो दिन मंगलबार भने नेप्से परिसुचक १०.२७ अंकले बढेर १,१४२.०१ विन्दुमा बन्द भएको थियो । सो दिन ३८ कारोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको थियो ।
यस्तै बुधबार बजारमा पुन भारी अंकले गिरावट देखिएको थियो । उक्त दिन नेप्स परिसुचक २२.० अंकले घटेर १११८.१९ अंकमा बन्द भएको थियो । भने ३७ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको थियो ।साताको अन्तिम दिन सेयर बजारमा केही सुधार देखिएको थियो । बिहिबार नेप्से परिसुचक २.७० अंकले बढेर १,१२०.८४ बिन्दुमा बजार बन्द भएको थियो । उक्त दिन कुल १ सय ६२ कम्पनीको १३,७४,३४६ कित्ता सेयर खरिद बिक्री हुँदा ३७ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।
यो साता कारोबार भएका ५ दिनमा ४ दिन नेपाल बैंकले कारोबारमा अग्रता लिएको थियो भने १ दिन एनएमबी बैंकको कारोबार उच्च भएको थियो ।