सिभिल बैंकको सुन कर्जा
काठमाडौं, १४ मंसिर । सिभिल बैंक लिमिटेडले सुर्यविनायक शाखाबाट सुन कर्जा दिने व्यवस्था मिलाएको छ ।
बैंकले यस सुर्यविनायक शाखाबाट सुन तथा चाँदी धितोमा राखी कर्जा प्रवाह गर्ने भएको छ । बैंकको अनुसार सरल तथा छिटो प्रक्रियामा सुलभ व्याजदरमा सुन कर्जा दिने व्यवस्था रहेको छ । साथै यो कर्जाको सुविधा बैैंकको न्युरोड शाखामा समेत उपलब्ध हुनेछ ।