ज्योति विकास बैंकको नयाँ शाखा कास्कीको घान्द्रुकमा
काठमाडौं, २४ मंसिर । ज्योति विकास बैंकले कास्कीको घान्द्रुकमा नयाँ शाखा संचालनमा ल्याएको छ । अन्नपूर्ण गाउँपालिका वडा नं १०, घान्द्रुकमा रहेको नयाँ शाखाको उद्घाटन अन्नपूर्ण गाउँपालिका वडा नं १० का अध्यक्ष कुमार गुरुङ्ग र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले आज संयूक्त रुपमा गरेका थिए ।
बैंकले ८१ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ९ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने जनाइएको छ । हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्ब रुपैयाँ भन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १८.८० अर्व रुपैयाँ भन्दा बढि लगानी गर्न सफल भएको जनाइएको छ।