३३५ जना व्यक्तिलाई सरकारी जागिरको अवसर
काठमाडौं, २६ मंसिर । केही साता अगाडी मात्र कर्मचारी समायोजनका कारण देखाउदै लोकसेवा आयोगले नयाँ दरखास्त नखुलाउने जनाएको थियो । तर अन्यौलताको बीचमा आयोगले ३ सय ३५ जनाका लागि आवेदन खुल्ला गरेको छ ।
आयोगले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै सो संख्यामा रोजगारी खुलाएको हो । आयोगले न्याय सेवा र लेखा समुहका विभिन्न पदमा दरखास्त खुलाएको छ ।
न्याय, कानुन, सरकारी वकिल तर्फ खुल्लामा १४२ जना, महिलामा ३५ जना र आदिवासी जनजाति तर्फ ३२ जनाका लागि आवेदन खुल्ला गरेको हो ।
मधेशी २६ जना, दलित १३ जना, अपांग ६ जना र पिछडिएको क्षेत्रबाट ४ जनाका लागि दरखास्त आव्हान गरिएको छ ।
यसका साथै आयोगले पाठ्यक्रम पनि परिमार्जन गरेको सुचना प्रकाशित गरेको छ ।