Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

आइएमएफ र चेम्बरका अधिकारीबीच छलफल

आइएमएफ र चेम्बरका अधिकारीबीच छलफल

काठमाडौं, २५ मंसिर । अन्तर्राष्ट्रिय मुद्रा कोष ( आइएमएफ) का प्रतिनिधि र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी छलफल भएको छ । शनिबार काठमाडौंको जमलस्थित चेम्बर भवनमा आइएमएफ र चेम्बरका अधिकारीबीच छलफल भएको हो ।

छलफलमा आइएमएफ एसिया एण्ड पेसिफिक डिपार्टमेन्टका डेपुटी डिभिजन चिफ जेरार्ड जे. अल्मेकिन्डर्स लगायतका प्रतिनिधि मण्डलका सदस्यहरुले नेपालको विद्यमान आर्थिक अवस्थाबारे चासो राखेका थिए । चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठ र उपाध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको अर्थतन्त्र तथा आर्थिक बिकाश बारे आइएमएफका अधिकारीहरुलाई जानकारी गराएका थिए । छलफलमा नेपालको वर्तमान ब्यापार, पर्यटन तथा लगानीका विभिन्न अवस्था र आयाम बारे छलफल भएको चेम्बर अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x