Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

माछापुच्छे बैंक युकेएड सक्षम र हेफर इन्टरनेशसनल नेपालको लघुकर्जा सम्बन्धी सम्झौता

माछापुच्छे बैंक युकेएड सक्षम र हेफर इन्टरनेशसनल नेपालको लघुकर्जा सम्बन्धी सम्झौता

काठमाडौं,२५ मंसिर । माछापुच्छे बैंक, युकेएड सक्षम र हेफर इन्टरनेशसनल नेपालको एक औपचारिक कार्यक्रम बीच संयुक्त सहकार्यमा ग्रामीण क्षेत्रमा रहेका महिला उद्दमी तथा कृषकहरुलाई आफ्नो जीवनस्तरमा आर्थिक सुधारका लागि सरलीकृत लघुकर्जा दिने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, युकेएड सक्षमको तर्फबाट टिम लिडर निर्मल दाहाल र हेफर इन्टरनेशनल नेपालको तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । उक्त सहकार्यबाट देशभरका १४ वटा जिल्लाबाट महिला उद्दमी, कृषक तथा साना उद्दमीलाई बिना धितो सरलीकृत कर्जा प्रदान गरिने जनाईएको छ । साथै, बैंकले कुल ४,३०० कृषक एवं महिला उद्दमीलाई ऋण प्रवाह गर्ने, ३,०० को संख्यामा खाता खोल्ने, देशभरका विभिन्न क्षेत्रबाट वित्तीय साक्षरता प्रदान गर्ने, शाखारहित सेवा केन्द«को विस्तार गर्ने तथा नेपालमै पहिलो पटक नौलो कर्जा सेवा “किसान के्रडिट कार्ड” को सेवा प्रदान गर्ने उद्देश्य समेत राखिएको छ ।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३८ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १२६ स्थानबाट ग्राहकहरुलाइ बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x