ज्योति विकास बैंकको तनहुँमा नयाँ शाखा
काठमाडौं, २५ मंसिर । ज्योति विकास बैंकले तनहुँ जिल्लाको आँबूखैरेनीमा नयाँ शाखा संचालनमा ल्याएको छ । आँबूखैरेनी गाउँपालिका वडा नं ३, आँबूखैरेनी, तनहुँमा रहेको सो शाखाको औपचारिक उद्घाटन आँबूखैरेनी गाउँपालिका अध्यक्ष गिर बहादुर थापा तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्का संयुक्त रुपमा गरेका छन् ।
हाल बैंकले ८१ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ९ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।
हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १८.८० अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । बैकले हाम्रो बिकाश बैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडै नै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अरब १० करोड पुग्नेछ ।