Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

अटेरी गर्दै यातायात ब्यवसायी, म्याद थप्दै सरकार

अटेरी गर्दै यातायात ब्यवसायी, म्याद थप्दै सरकार

काठमाडौं २ पुस । सरकारले सिन्डिकेट खारेजको घोषणा गरेयता हालसम्म जम्मा ३ हजार कम्पनी र ८ हजार सवारी मात्र कम्पनीमा दर्ता भएका छन् । सरकारले  सिण्डिकेटको खारेज गर्दै ब्यवसायीरुलाइ कम्पनीमा दर्ता हुन समय दिएपनि  ब्यवसयाीले त्यसलाइ वेवास्था गर्दै आएका छन् ।  पछिल्लो पटक पुसको अन्तिम सम्मको समय सीमा तोकिएको भएपनि समितिमा आवद्ध ब्यवसायीहरुले भने प्रकृयामा सामेल नभएपछि सरकारले पुन तीन महिनाको समय थप गरेको छ । अहिले समितिद्वारा सञ्चालित करिब २ लाख सवारी नेपाली सडकमा गुडिरहेका छन् । सरकारले व्यवसायीलाई कम्पनीमा दर्ता हुन समय थपेको यो तेस्रोपटक हो । पहिलोपटक गत वैशाखमा तीन महिनाका (साउनसम्म) लागि समय थपिएको थियो । अहिले सो समय पनि सकिएकाले पुनः समय थपेर फागुन मसान्तसम्म पु¥याइएको छ ।

गत असोज मसान्तसम्म जम्मा ६ हजारको हाराहारीमा मात्रै सवारी पञ्जीकृत भएका थिए भने गत साउनसम्म १ हजार ११० वटा कम्पनी दर्ता भएका थिए । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ९३ एवं सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम ४४ अनुसार यातायात व्यवस्था विभाग वा सम्बन्धित क्षेत्रको यातायात व्यवस्था कार्यालय वा सेवा कार्यालयमा पञ्जीकृत नगरी सार्वजनिक यातायात सेवा सञ्चालन गर्न नहुने व्यवस्था छ । सो व्यवस्था बाधक भएपछि व्यवसायीले सरकारलाई विभिन्न बहाना बनाउँदै अड्को थाप्दै गरेका छन् ।

सिन्डिकेट अन्त्यको घोषणासँगै सरकारले समिति र संघका नाममा रहेका करिब दुई सय ४५ खातासमेत रोक्का गरेको थियो । सो निर्णयपछि यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिए  पछि १० प्रतिशत भाडा वृद्धि ग¥यो भने रोकिएका खाता फुकुवा गर्ने प्रक्रिया सुरु गर्यो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x