Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

राष्ट्र बैंकले आज १० अर्ब २३ करोडको ट्रेजरी बिल बोलकबोल गर्दै

राष्ट्र बैंकले आज १० अर्ब २३ करोडको ट्रेजरी बिल बोलकबोल गर्दै

काठमाडौं २ पुस। नेपाल राष्ट्र बैंकले सोमबार १० अर्ब २३ करोड रुपैँयाको ट्रेजरी बिल बोलकबोल गर्न लागेको छ । केन्द्रीय बैंकले ८ अर्ब २३ करोड रुपैँयाको ९१ दिने ट्रेजरी बिल र २ अर्ब रुपैँयाको ३६४ दिने ट्रेजरी बिल बोलकबोल गर्न लागेको राष्ट्र ऋण विभागले जनाएको छ ।

केन्द्रीय बैंकले यसअघि मंसीर २४ मा ५ अर्ब ५१ करोड रुपैँयाको ट्रेजरी बिल जारी गरेको थियो । जसको भारित औसत ब्याजदर भने २८ दिने ट्रेजरी बिलमा ०.००१३ प्रतिशत र ९१ दिने ट्रेजरी बिलमा ०.९३ प्रतिशत रहेको थियो ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *