गभर्नरको कलासपछि ब्याजदर घटाउने सहमतीमा पुग्यो बैंकर्स संघ
काठमाडौं, ५ पुस । केही दिनयता बाणिज्य बैंकहरु बीच ब्याक्तीगत निक्षेपमा ब्याजदर बढाउन चलेको प्रतिस्पर्धा अब रोकिने भएको छ । कर्जा-पूँजी-निक्षेप अनुपात (सिसिडी रेसियो) ८० प्रतिशत नघाएका बैंकहरुलाई राष्ट्र बैंकले एक पटकलाई जरिवाना नतिराउने भएपछि बैकहरु ब्याजदर बढाउने प्रतिस्पर्धामा नगर्ने प्रतिवद्धता जनाएका छन् । २८ ओटा बाणिज्य प्रमुखहरुलाई राष्ट्र बैंक बोलाएर करिव ४ घण्टा बढी गभर्नर डा. चिरञ्जिबी नेपाल, डेपुटी गभर्नरहरु चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठले ब्याजदरमा प्रतिपर्धा गर्दा पर्न सक्ने दुर्घटना संम्वन्धमा कलास दिएपछि उनिहरु बढेको ब्याज घटाउन ब्याजर स्थिर राख्न राजी भएका हुन । राष्ट्र बैंकका अधिकारीहरुको समन्वयमा भोलीदेखि नै ब्यजदर घटाउने नयाँ ब्याजर लागु गर्ने निर्णमा बैकर्स संघ पुगेको छलफलमा सहभागी एक ले बताए ।
आज भएको सहमति अनुशार अब बचतमा बढिमा साढे ६ प्रतिशत मात्र ब्याज दिन पाइने छ। न्यूनतम ब्याज अन्तर २ प्रतिशत बिन्दु राख्नु पर्ने भएको छ । यस्तै ब्यक्तिगत निक्षेपकर्ताको मुद्दति खातामा ९.२५ प्रतिशतसम्म ब्याज दिन पाइने छ । संस्थागत मुद्दति निक्षेपर्कताले साढे ८ प्रतिशतसम्म ब्याज पाउने छन्। ब्याज दरको भुक्तानी त्रैमासिक रुपमा गर्नु पर्ने छ। यो नयाँ ब्यवस्था भोली देखि नै लागु हुने बताइएको छ ।