Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सीएमसीको २ अर्ब ८८ करोड रुपैयाँ धरौटी जफत गरिने

सीएमसीको २ अर्ब ८८ करोड रुपैयाँ धरौटी जफत गरिने

काठमाडौं, ५ पुस । सरकारले मेलम्ची खानेपानी आयोजनाको निर्माण गरिरहेको ठेकेदार कम्पनी सीएमसीले राखेकाे २ अर्ब ८८ करोड रुपैयाँ धरौटी जफत गर्ने भएको छ। सीएमसीले गरेको सम्झौता र यसअघिको प्रतिवद्धताअनुरुप काम नगरी भाग्न खोजेपछि सरकारले त्यस्तो निर्णय लिएको हो । विहीबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिले बोलाएको छलफलमा खानेपानीमन्त्री बिना मगरले उक्त जानकारी दिएकी हुन् ।

सीएमसीको ‘पर्फमेन्स सेक्युरिटिज’ बापत नेपाल इन्भेष्टमेन्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकमा गरी कुल ३८ करोड र धरौटी बापत २ अर्ब ५० करोड रुपैंया  गरि सीएमसीको कुल २ अर्ब ८८ करोड रुपैंया  नेपालमा छ । मेलम्ची आयोजना पूर्ण रुपमा सम्पन्न हुन अब ठेकेदार कम्पनीले २ अर्ब ६० करोड रकम खर्चनुपर्ने बताइएको छ । सीएमसीलाई सरकारले हालसम्म ८ अर्ब ३० करोड भुक्तानी दिइसकेको छ ।

छलफलमा मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले जफत भए पनि सीएमसीले नै काम गरेको अवस्थामा उसैलाई काम गर्न दिने र उसले काम नगरे आफैं बनाउने तयारी गरिएको बताए । सरकारले सीएमसीलाई अब ३८ करोड रुपैंया मात्र भुक्तानी गर्न बाँकी छ,  त्यसमध्ये १५ करोडको बिल आइसकेको सचिव ठाकुरले जानकारी दिए । ठेकेदार कम्पनीले काम नगरे पनि उसलाई तिर्न बाँकी रकम, धरौटी र फर्फमेन्स सेक्युरिटीज रकमले बाँकी काम निर्माण सम्पन्न गर्न सम्भव देखिएको छ ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x