Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

 ब्राेकरकै भर – जम्मा १ सय जना लगानीकर्ता मात्र स्वचालित अनलाईन कारोवारमा

 ब्राेकरकै भर – जम्मा १ सय जना लगानीकर्ता मात्र स्वचालित अनलाईन कारोवारमा

काठमाडौ, ५ पुस । गत साताबाट नेपाल स्टक एक्चेन्ज नेप्सेले ब्रोकर कार्यलय मार्फत वितरण गरेको स्वचालित अनलाईन प्राणलीको युजर नेम र पासवर्ड ४ सय जना लगानीकर्तले लिएका छन् । युजर नेम र पासवर्डको प्रयोग गरी कारोवार गर्ने लगानीकर्ता भने हालसम्म जम्मा १ सय जना रहेका छन् । ब्रोकर कार्यलयको सम्पर्कमा नभएका लगानीकर्ताहरुको लागी मात्र अनलाईन प्रणाली अवश्यक भएको हुँदा उल्लेख्य संख्यामा लगानीकर्ताहरुले युजर नेम र पासवर्ड नलिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए ।

लगानीकर्ताहरुले नेप्से संग युजर नेम र पासवर्डका लागी दवाब नै दिए पश्चात  नेप्सेले मंसिर २३ गतेदेखि धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ अनुरुप ब्रोकरसँग सम्झौता गरेका लगानीकर्तालाई यूजर नेम र पासवर्ड वितरण शुरू गरेको थियो । लगानीकर्ताहरुले सेयर कारोबारका लागी ब्रोकर कार्यलय सम्म पुग्नु झन्झट भएको र आफ्नो लगानीको जोखिम आफै लिने भन्दै नेप्से कार्यलय नै घेराउ गरेका लगानीकर्ताहरु हाल त्यस तर्फ आकर्षित भएको देखिदैन । नेप्सेले वितरण गरेको युजर नेम र पासवर्डका लागी लगानीकर्ताहरुले पहिले नै ब्रोकर कार्यलयमा रकम जम्मा गर्नु पर्ने हुँदा लगानीकर्ताहरुले युजर नेम र पासवर्ड लिन नसकेको लगानीकर्ता संघकी अध्यक्ष राधा पोखे्रलले बताईन । आज सम्म ठुला लगानीकर्ताहरुले युजर नेम र पासवर्ड लिएका र साना लगानीकर्ताहरुले ब्रोकर कार्यलयमा जम्मा गर्ने पैसा अभाव भएर नै नलिएको अध्यक्ष पोख्रेलको भनाई छ ।

लगानीकर्ताहरुले १ लाख रुपैयाँ सम्म जम्मा पछि नेप्सेले दिएको व्यक्तिगत युजर नेम र पासवर्ड प्रयोग गरि ४ लाख रुपैयाँ सम्मको कारोबार गर्न मिल्छ । ब्रोकर कार्यलयमा लगानीकर्ताहरुले आफुखुसी नै युजर नेम र पासवर्ड लिएर अनलाईन कारोबार गर्ने सक्ने व्यवस्था रहेको छ ।

केही लगानीकर्ताहरु केही साता अगाडी देखी पुँजी बजारको सुधार र बिकासकोे माग गरी सरकारको ध्यानकर्षण गदै अनसनमा बसिरहेका छन् । सरकारले पनि  बजारमा देखिएका समस्या तथा उच्च ब्याजदरबारे अध्ययन गर्न समिति गठन गरेको थियो । गठित समितिले अर्थमन्त्री डा. युवराज खतिवडालाई बुधबार प्रतिवेदन पनि बुझाएको छ । प्रतिवेदनमा पुँजी बजारमा भएका समस्याहरुलाई तत्कालिन, अल्पकालिन र दिर्गकालिन रुपमा छुट्याई समाधान गरिने जनाईएको छ । जसका कारण पनि पुँजी बजारले अबको दिनमा सकारात्मक बाटो लिने आसा राखिएको छ । तर प्रतिवेदनमा भएको कुराहरुको समयमा नै कार्यन्यवन भएमा मात्र पुँजी बजारको विकास हुने देखिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x