नेपाल चेम्बर अफ कमर्स र भियतनामका माइ अन्ह थाइ बीच भेटघाट
काठमाडौं, ५ पुस । थाइल्याण्ड र भियतनाम भ्रमणमा रहेको नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलले आज भियतनामको होचिमिंह शहरका निर्देशक तथा परराष्ट्र मामला सम्बन्धि प्रमुख माइ अन्ह थाइसंग शिष्टाचार भेटघाट गरेको छ । उक्त शहरको कार्यालयमा भएको भेटमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल र भियतनामको सम्बन्ध र दुइ पक्षीय व्यापारको बिषयमा बोलेका थिए ।
बिशेष गरि नेपालमा बैदेशिक लगानी प्रबर्दन गर्नलाई गरिएको भ्रमणमा भियतनामका लगानीकर्ताहरुले नेपालको जलविद्युत परियोजनामा लगानी गर्न चासो देखाएको कुरा भिएतनामबाट प्रतिनिधि मण्डलका सदस्य निरज राईले बताए । साथै सो भेटका क्रममा पर्यटन विकास, पूर्वाधार विकास, बैंकिंग सहकार्य तथा ब्यापारिक प्रतिनिधि मण्डलको आदान प्रदान बारे छलफल गरिएको थियो ।