Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

साताको अन्तिम दिन सेयर बजारमा सामान्य सुधार

साताको अन्तिम दिन सेयर बजारमा सामान्य सुधार

काठमाडौं, ५ पुस । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेको छ । अघिल्ला दिनमा घटेको बजार यस दिन ३.२८ अंकले बढेर ११६५.९७ बिन्दूमा कारोबार बन्द भएको छ ।

बिहीबार १६३ कम्पनीहरुको १,२०,०५,९१४ कित्ता सेयर खरिद बिक्री हुँदा ४० करोड ११ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । भने एनएमबी बैंकले कारोबारमा अग्रता लिएको छ । बैंकको आज ५ करोड रुपैयाँको भन्दा बढीको कारोबार भएको हो ।

यसै गरि बुधबार सबै भन्दा बढी सांग्रिला डेभलप्मेन्ट बैंकका लगानीकर्ताहरुले कमाए भने ललितपुर फाईनान्स कम्पनीका लगानीकर्ताहरुले गुमाए । बुधबार कारोबारमा आएका १० वटा समूहमध्ये व्यापार, होटल, वित्त र अन्य समूहबाहेक सबै समूहमा सुधार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x