Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

राष्ट्रिय बीमा संस्थानको सम्पुर्ण जोखिम अब नेपाल पुर्नबीमामा

राष्ट्रिय बीमा संस्थानको सम्पुर्ण जोखिम अब नेपाल पुर्नबीमामा

काठमाडौं, ५ पुस । राष्ट्रिय बीमा संस्थान र नेपाल पुर्नबीमा कम्पनी बीच बीमा सेवा सम्वन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार राष्ट्रिय बीमा संस्थाको जोखिम नेपाल पुर्नबीमा कम्पनीले बहन गर्नेछ । संस्थामा आबद्ध करिब ३ लाख भन्दा बढी बीमा लेखका ३ अर्ब भन्दा बढी बीमांक रकमको जोखिम अब नेपाल पुर्नबीमा कम्पनीले बहन गर्ने भएको हो । सो सम्झौता पत्रमा राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठक र नेपाल पुर्नबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले हस्ताक्षर गरेका छन् ।

बीमा संस्थानले मुलुक भर १० वटा शाखा कार्यलयबाट ३ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ भने संस्थानको चुत्ता पुँजी १८ करोड ५० लाख रुपैयाँ रहेको छ । संस्थानले यस सम्झौता भन्दा अगाडी आफ्नो सम्पुर्ण बीमांकको जोखिम भारतका पुर्नबीमा कम्पनी तथा अन्य विभिन्न देशका पुर्नबीमा कम्पनीहरुमा गराउदै आएको थियो । गत आर्थिक बर्षको बजेट भाषणमा अर्थ मन्त्री द्धारा नेपालको सम्पुर्ण बीमा कम्पनीहरुले न्युनतम २० प्रतिशत पुर्नबीमा नेपाल पुर्नबीमा कम्पनीमा नै गराउनु पर्ने उल्लेख गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x