Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

पोखरामा के गर्दै छन् पूर्व राजा ज्ञानेन्द्र शाह ?

पोखरामा के गर्दै छन् पूर्व राजा ज्ञानेन्द्र शाह ?

पोखरा, ५ पुस । साताब्यापी पारिवारीक भ्रमणका लागि सोमवार विहान पोखरा पुगेका पूर्व राजा ज्ञानेन्द्र शाह पोखरामा के गर्दै छन् भन्ने विषय  यति वेला सवैको चासो विषय बनेको छ। उनको पोखरा भ्रमणलाई पारिवारिक एवमा धार्मिक भ्रमण भनिएपनि पोखरा पुगे लगत्तै उनले राजतन्त्र निकट मानिएका पूर्व पंचहरुसँगको भेटघाटलाई जारी राखेका छन् । तर भेटघाटको कार्यतालिका भने गोप्य नै राखिएको छ । केही राजनीतिक भेटघाटमा रहेपनि उनी नितान्त निजी भ्रमणका लागि पोखरामा रहेको पूर्वराजा शाहका संवादसचिव डा. फणिराज पाठकको बताएका छन्।

पोखरा महानगरका २९ स्थित दोबिल्लामा भर्खरै बनेको नयाँ रिसोर्ट माउन्टेन ग्लोरीमा बसेका ज्ञानेन्द्रलाई हेर्न चाहने सर्वसाधारणहरु दैनिक जसो उनि बसेको रिसोटको आसपास पुग्ने गर्दछन् । विशेषगरी विश्व हिन्दु महासंघ, शिवसेना नेपाल, विभिन्न धार्मिक संघ–संस्थासम्बद्ध नागरिकका अलावा राप्रपा, नेपाली कांग्रेस बीपी जस्ता दलका नेता, कार्यकर्ता त्यहा पुग्ने गरेका छन् । ज्ञानेन्द्रलाई भेटन पर्वत म्यादी लागयतका ठाउबाट राजाबादी नेताहरु र केही राजनीतिकर्मीहरु पोखरा झरेका छन् । जसका कारण ज्ञनेन्द्र पोखरा पुगे सँगै पोखराका होटल हरुमा पनि आन्तरिक पर्यटकको संख्या बढदै गएको स्थानीय होटल ब्यवसायी बताउछन् । विगत केही दिन यता होटलहरु भरिदै गएका छन् आजबाट शुरु हुने लेखनाथ महोत्सवको कारण पनि होला पूर्व राजा आएको संयोग हो कि । पोखराम होटल संचालन गर्दै एक होटल ब्यवसायीले भने ।

यसै गरी ज्ञानेन्द्रको भ्रमणको ब्यवस्थापन काठमाडौबाट आएको टोलिलने नै गरिरहेको छ । उनलाई आउजाउ गर्न गाडीसमेत काठमाडौंबाटै ल्याइएको प्रयोग गरिएको छ । उनको सुरक्षाको टोली पनि काठमाडौंबाटै आएको टोली नै परिचालित भएको छ । विमान स्थल पुग्दा नै हजारौको सर्वसाधरको न्यायो स्वागत पाएका ज्ञानेन्द्रको पोखरा बसाइलाइ अर्थपूर्ण रुपमा हेरिएको छ ।  करिव एक सातामात्र पोखरा बस्ने भनिए पनि उनी दुई सातासम्म पोखरामै बस्ने र नयाँ वर्ष मनाएर उनी काठमाडौं फर्कने कार्यक्रम रहेको बुझिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x