Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

दुरसंचार प्रधिकरणका अध्यक्ष झाको नियुक्ती बदर गर्न नेकपा नेताहरूको माग  

दुरसंचार प्रधिकरणका अध्यक्ष  झाको नियुक्ती बदर गर्न नेकपा नेताहरूको माग  

काठमाडौं, ८ पुस।  नेपाल दुरसंचार प्रधिकरणका अध्यक्ष दिगम्बर झाको नियुक्ती बदर गर्न माग गर्दै नेकपाका ४३ केन्द्रिय नेताहरूले प्रधानमन्त्री एव पार्टी अध्यक्ष केपी शर्मा ओलीको ध्यान आकर्षण गराएका छन् ।

उनिहरुले सरकारले भूष्ट र विवादित छवि भएका व्यक्तिलाई राजनीतिक नियुक्ति गर्दा गलत सन्देश गएको झाको नियुक्ती वदर गर्न माग गर्दै ज्ञापन पत्र मार्फत ओलीको ध्यानाकर्षण गराएका हुन ।

नेकपाको जारी स्थायी कमिटी बैठकमा यो विषयलाई छलफलको एजेन्डाका रुपमा प्रस्तुत गर्न माग गर्दै नेताहरुले विवादित र भ्रष्टछवि भएकाहरुको नियुक्ति तत्काल खारेज गर्न पनि माग गरेका छन् ।

नेकपा नेतृत्वको सरकारमाथि कार्यकर्ता तथा जनताले धेरै अपेक्षा गरेकाले यस्ता कदमले सरकार र पार्टीको लोकप्रियता नै गुम्ने खतरा भएकाले नेतृत्व सचेत हुनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ ।  यस्तै उनीहरुले ज्ञापनपत्रमा एनसेल करछली लगायतका राजस्व छली गर्नेलाई कारबाही गर्न पनि माग गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x