सेयर बजारमा ३०.२६ अंकले सुधार परिसूचक १२ सय नाघ्यो
काठमाडौं, पुस ११ । साताको पहिलो दिन सकारात्मक रहि २ दिन सम्म लगानीकर्ताहरुलाई निरास बनाएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार भने सकारात्मक देखिएको छ । राष्ट्र बैंकले सेयर धितोकर्जाको मार्जिन सीमा बढाए संगै नेप्से बुधबार ३० अंकले बढेको हो । केन्द्रिय बैंकले मार्जिन सीमा ५० प्रतिशतबाट बढाएर ६५ प्रतिशत पुर्याएको छ ।
बुधबार कारोबार शुरु भए देखी नै सकारात्मक रहेको नेप्से ३०.२६ अंकले वृद्धि भई १,२१६.२७ विन्दुमा कारोबार भन्दा भएको छ । सो दिन कुल १७३ कम्पनीको १९,००,१०३ कित्ता सेयर खरिद बिक्री हुँदा ६९ करोड २६ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । मंगलबार भन्दा बुधबार २७ करोड बढीको कारोबार भएको छ । ४२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो ।
यसैगरि बुधबार नेपाल बैंकको कारोबार सबै भन्दा बढी कारोबार भएको छ । बैकको ४ करोड ३६ लाख भन्दा बढीको सेयर कारोबार गरेको छ । सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्टका लगानीकर्ताहरुले कमाएका छन् । जसको सेयर मुल्य ९.९९ अंकले बढेको छ । साथै सबै भन्दा बढी गण्डकी विकास बैंकका लगानीकर्ताहरुले गुमाएका छन् । बैकको सेयर मुल्य ५.७९७१ प्रतिशतले घटेको छ ।
सो दिन नेप्सेमा सुचिकृत ११ वटै सकुहको परिसुचक सकारात्मक रहेको छ । समुह बढ्नेमा सबै भन्दा बढी जिवन बीमा समुह ४४३.५ अंकले बढेको छ ।