सेयर धितो कर्जाको सिमा १५ प्रतिशतले बढ्यो
काठमाडौं, ११ पुस । नेपाल राष्ट्र बैंकले हाल कायम रहेको सेयर धितोकर्जाको सीमा ५० प्रतिशतबाट बढाएर ६५ प्रतिशत पु¥याएको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर शिवारज श्रेष्ठको संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदलको सुझाव अनुसार राष्ट्र बैंकले सेयर धितो कर्जामा उपलब्ध गराउने मार्जिन सीमा बढाएर ६५ प्रतिशत पु¥याएको हो ।
यसका साथै राष्ट्र बैंकले सेयर बजारको विकासका लागि अन्य ७ वटा क्षेत्रमा पनि नयाँ व्यवस्था लागु गरेको छ । राष्ट्र बैंकले सेयरमा ऋण प्रवाह गर्दा रिस्क वेटेजलाई १ सय ५० बाट घटाएर १ सय प्रतिशतमा झारेको छ । बैंकले स्प्रेड दर घटाएर यसको गणना मासिक गर्न निर्देशन दिइएको छ । संस्थागत निक्षेपको सीमा ४५ बाट बढाएर ५० पु¥याइएको छ भने आधारदर गणना विधि परिमार्जन गरि अहिले कै अवस्थामा पनि ऋणको ब्याज ०.७५ प्रतिशत बिन्दुले कम गरेको छ ।
बैंकहरुलाई सहायक कम्पनी स्थापना गरि शेयर ब्रोकरको काम गर्न अनुमति राष्ट्र बैंकले दिएको छ भने सेयर धितो ऋण दिने सीमा बढाइएको छ । प्राथमिक पुँजीको २५ प्रतिशत दिन पाउने ब्यवस्थालाई परिमार्जन गरि ४० प्रतिशत पु¥याइएको छ । अब भने बैंक तथा वित्तीय संस्थाहरुले प्राथमिक पुँजीको ४० प्रतिशतसम्म सेयर कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरेको छ । मार्जिन कलमा समेत लगानीकर्तालाई सहज हुने भएको छ । मार्जिन कल गर्दा मूल्य समायोजन भए लगतै हकप्रद तथा बोनस शेयरलाई पनि गणना गर्ने सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसबाट पुँजी बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।