Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाद्वारा राजीनामा

दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाद्वारा राजीनामा

काठमाडौ, ११ पुस । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् । अध्यक्ष झाले बुधबार मन्त्रालय पुगेर सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई राजीनामा पत्र बुझाएका हुन्। झाको नियुक्तीको विषयलाई लिएर सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना भएको थियो । ४३ जना सदस्य हरुले झाको नियुक्ती खारेज गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए ।

वर्तमान सरकारले नै उनलाई कार्यसम्पादनमा असफल देखिएको भन्दै पदबाट हटाए उनलाई पुन: प्राधिकरणको अध्यक्षमा जिम्मा दिएपछि सरकारो समेत चौतर्फी विरोध हुदै आएको थियो । झा अध्यक्षमा नियुक्ति भएको तीन महिनामा पछि उनले राजिनामा दिएका हुन ।झा माथि आर्थिक अनियमियताको आरोप लागेको छ ।  

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x