Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सर्वोच्चको नेतृत्वमा विर शमशेरका पनाती चोलेन्द्र

सर्वोच्चको नेतृत्वमा विर शमशेरका पनाती चोलेन्द्र

सर्वोच्च अदतलको २८ औ प्रधान न्यायाधीशको जिम्मेवारीमा आजबाट विर शमशरका पनाति चोलेन्द्र शमशेर राणमा आएको छ । मंगलबार मात्र संसदीय सुनुवाइबाट अनुमोदित भएका राणाले आजै सपथ लिइ र कार्यभार सम्माल्दै छन् ।   

२०१४ साल मंसिर २८ गते काठमाडौंमा जन्मिएका जवरा वीर शमशेरका पनाति हुनु । वीर शमशेरका छोरा इन्द्र शमशेर र उहाँका छोरा युवराज शमशेरका छोरा चोलेन्द्र जवरा संसदीय सुनुवाइ समितिबाट भएपछि राणा परिवारबाट त्रिलोकप्रताप राणापछि प्रधानन्यायाधीश हुन पाउने दोस्राे भाग्यशाली ब्यक्ति हुनु।

वकालत गर्दागर्दै जवरा २०५३ बैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त भएका थिए । लामो समय अस्थायी न्यायाधीशमै कार्यरत उनि स्थायी न्यायाधीश बनेपछि विशेष अदालतको सदस्य भए । विशेष अदालतमा रहँदा उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेका भ्रष्टाचार मुद्दा हेर्ने अबसर पनि पाउनुभएको थियो। जबरा विराटनगर हुँदा एउटा जुवाको मुद्दामा फैसला गर्दा विवादमा तानिए ।

२०५८ साउन ११ गते ‘म्यारिज’ खेलेको अभियोगमा पक्राउ परेका अभियुक्तलाई सफाइ दिन ‘म्यारिज’लाई जुवा होइन भनी फैसला गरेपछि उहाँ विवादमा तानिन । तर, उक्त फैसला सर्वोच्चले २०६३ माघ १ गते उल्ट्याइदिएको थियो ।  

संसदीय सुवाइको क्रममा उनले अदालत र पदको गरिमालाई जोगाइ राख्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।  जबराले आफू न्यायालयको मुहारमा कालो पोतेर आफ्नो अनुहार हातले कोतरेर रक्ताम्य पार्दै बाहिरिने मनशायमा नरहेको बताउदै उनले समितससमक्ष प्रस्तुत गरेको कार्यायोजना लागू गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन्र । उनको अघि कर्ययोजनमा अदालत भित्र हुने भ्रष्टचार नियन्ण विचौलियाको कारवही न्यायकी पहुँचमा विस्तार लगायत रहेका छन् ।  

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x