Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

साउन १ गतेपछि सरकारी सेवमा नियुक्ति भएका कर्मचारीका लागि योगदानमा आधारित पेन्सन

साउन १ गतेपछि सरकारी सेवमा नियुक्ति भएका कर्मचारीका लागि योगदानमा आधारित पेन्सन

काठमाडौं,२२ पुस । सरकारले निजामति सैनिक जंगी लगायत निवृतिभरण पाउने सवै किसिमका सरकारी सेवामा २०७५ साउन १ गतेपछि नियुक्ति हुने सरकारी सेवका कर्मचारीहरूलाई योगदानमा आधारित निवृत्तिभरण ब्यवस्था लागु गर्ने भएको छ  । यसका लागि यसअघि नै संसदमा पुगेको निवृत्तिभरणको कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभाको अर्थ समितिले पारित गरेको छ । समितिले दफाबार छलफलपछि प्रतिवेदनसहितको सदनमा पेस गर्ने निर्णयसहित विधेयक पारित गरेको हो ।  यो विधेयक संसदबाट परितभएपछि अव निवृत्तिभरण कोषमा सरकारी कर्मचारीको मासिक तलबबाट छ प्रतिशत रकम जम्मा हुनेछ ।

सरकारले सोही बमोजिम शतप्रतिशत रकम जम्मा गर्नेछ । कोष सञ्चालनमा आएपछि हालको पेन्सन वितरण प्रणाली पनि कोष मातहतमा नै आउनेछ । साउन १ देखि नियुक्त हुने कर्मचारीको हकमा लागू हुनेछ ।

कोषमा कर्मचारीका तर्फबाट तलबमानको ६ प्रतिशत मासिक रूपमा कट्टा गरी जम्मा गर्ने व्यवस्था मिलाइनेछ । यस्तै, सरकारले कट्टा भएको रकम बराबरको रकम सम्बन्धित कर्मचारीको खातामा जम्मा गर्नेछ । २० वर्ष वा सोभन्दा बढी सेवा अवधि पूरा गरेको कर्मचारीले निवृत्तिभरण पाउनेछ । जसमा जम्मा सेवा गरेको वर्षलाई आखिरी महिनाको तलवमानले गुणा गरिनेछ । यसरी प्राप्त नतिजालाई ५० ले भाग गरिनेछ । भाग लगाउँदा आउने रकम कर्मचारीले मासिक निवृत्तिभरणका रुपमा भुक्तानी पाउनेछ । प्रत्येक तीन वर्षमा खाइपाई आएको रकमको १० प्रतिशतले वृद्धि हुँदै जानेछ । यस्तो वृद्धि पाँच पटकसम्म मात्र थप हुनेछ । सेवा अवधि पूरा गरेको कर्मचारीले निवृत्तिभरण लिनु अगावै वा लिएपछि मृत्यु भएमा पति वा पत्नीलाई पाउने निवृत्तिभरणमा ५० प्रतिशत रकम दिइने व्यवस्था प्रस्तावित छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x