Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

करोड हिनामिना गरेर फरार लेखा अधिकृत रिठ्ठेको लगानी डिपार्टमेन्ट स्टोर्समा

करोड हिनामिना गरेर फरार लेखा अधिकृत रिठ्ठेको लगानी डिपार्टमेन्ट स्टोर्समा

काठमाडौं,२६ पुस । एक करोड ७१ लाख हिनामिना गरेर फरार भएका जिल्ला मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे लगानी डिपार्टमेन्ट स्टोर्समा रहेको फेला परेको छ ।

अनुसन्धानको क्रममा भरतपुर महानगरपालिका–१० मा रहेको सप्तगण्डकी डिपार्टमेन्ट स्टोर्समा दर्जीको पनि साझेदारी रहेको खुलेपछि सोको कारोवार रोक्का गरिएको बताए।  यसै गरी उनका सवै वैक खाता रोक्का गरिएको छ ।

मालपोत कार्यालय प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार दर्जी मङ्सिर २५ गतेदेखि नै सम्पर्कविहीन भएका हुन् । आन्तरिक लेखा परीक्षण (आलेप)का क्रममा रकम बेरुजु देखिएपछि लेखा अधिकृत दर्जी फरार भएका हुन ।

गत आर्थिक वर्षको लेखा परीक्षण गर्दा उनको नाममा रु एक करोड ७१ लाख बेरुजु देखिएको थियो । दर्जीले जग्गा रजिष्ट्रेशनको रकम बैंकमा दाखिला नगरी आफैँले प्रयोग गरेका थिए । पौडेलका अनुसार दैनिक बैंकमा रकम जम्मा गर्नुपर्नेमा सोही रकम दर्जीले हिनामिना गरेको लेखा परीक्षण प्रतिवेदनले देखाएको छ ।

मङ्सिर २० गते आन्तरिक लेखा परीक्षकले २४ घण्टाभित्र नै रकम दाखिला गर्न पत्र दिएको तर, दर्जीले कार्यालयमा आएर सबै पैसा आफैँले खर्च गरेको र तिर्न नसकेको खण्डमा कानूनअनुसार जस्तोसुकै कारवाही भोग्न पनि तयार छु भनेर सनाखत गरेर गएको कार्यालय प्रमुख पौडेलले बताए ।

सोही दिनबाट दर्जी फरार छन् । पौडेलका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आवश्यक सम्पूर्ण कागजात झिकाएर अनुसन्धान गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x