माघ ४ गते देखि काठमाडौंमा दोस्रो हिमालयन हाइड्रो एक्स्पो हुदै
काठमाडौं, २६ पुस । काठमाडौंको भृकुटी मण्डपमा आगामी माघ ४ गते देखि ६ गते सम्म दोस्रो हिमालयन हाइड्रो एक्स्पो २०१९ हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल इप्पान र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट सर्भिजेस प्रालिको संयुक्त आयोजना सो एक्स्पो हुने भएको हो । एक्स्पोमा सहभागि हुनका लागि ८५ भन्दा बढी प्रदर्शकहरुले १ सय भन्दा बढी स्टलहरु बुकिङ्ग गरिसकेको आयोजकले जनाएको छ ।
एक्स्पोमा जलविद्युत प्रवद्धक, इक्युपमेन्ट सप्लायर, लगानीकर्ता, बैंक तथा बीमा लगायत जलविद्युतमा नयाँ प्रविधि र निमार्णसँग सम्बन्धीत विभिद क्षेत्रको सहभागीता संगै १ लाख भन्दा बढी अवलोकनकर्ताहरुको उपस्थीति रहने अपेक्षा गरिएको छ । यसका साथै चीन, भारत, अष्ट्रिया, कोरिया, स्वीडेन, जर्मनी, बुल्गेरीया तथा बेलायत लगायतका मुलुकहरुका जलविद्युत क्षेत्र संग सम्बन्धीत कम्पनीहरुको पनि एक्स्पोमा सहभागीता रहने जनाईएको छ ।
जलविद्युतका क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्यका साथ आयोजना हुन लागेको एक्स्पोमा नेपाल सरकार राष्ट्रिय योजना आयोग र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको संरक्षकत्व रहने छ । साथै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, निर्माण व्यसायी महासंघ, नेपाल बैंकस् संघ, जलविद्युत लगानी तथा विकास कम्पनी तथा युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सले एक्स्पोलाई प्रवद्र्धन गर्ने छन् ।
नेपाल भारत चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिी, नेपाल जर्मन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री, युरोपियन इकोनोमिक चेम्बर, हाइड्रो निड्स प्रालि, काठमाण्डू युनिभर्सिटी र पर्यटन बोर्डले एक्स्पोलाई सक्रिय सहयोग गर्ने छन् । एक्स्पो अवधिमा हाइड्रोपावरका मुख्य विषयमा सेमिनार आयोजना गरिनुका साथै युवा पुस्तालाई लक्षित गरि हाइड्रोपावर क्षेत्रमा अभिरुची भएकालाई प्रोत्साहित गर्न हाइड्रोसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरिने छ ।