तरुलको खपतमा दोब्बर बृद्धि
काठमाडौं, १ माघ । तरुलको खपत विगतका बर्षहहरुमा भन्दा दोब्बर बृद्धि भएको छ । ‘गत वर्ष करिब चार करोड रुपैयाँ बराबरको करोवार भएको तरुलको कारोवार यस बर्ष भने बढेर नौ करोड पुगेको छ । विगतका बर्षहरुमा भन्दा तीन हजार टन बढी खपत भएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितका निर्देशक विनय श्रेष्ठले कालीमाटी तरकारी बजारमा गत वर्षको तुलनामा यस वर्षको पुसमा ४० प्रतिशत बढी तरुल भित्रिएको बताए। उनका अनुसार कालीमाटीमा नौ सय ६८ टन तरुल भित्रिएको छ। गत वर्ष ६ सय ८७ टन मात्रै भित्रिएको थियो।
गत वर्षको तुलनामा तरुलको मूल्य भने घटेको छ। ‘विगतमा भन्दा तरुलको मूल्य ५ देखि १० प्रतिशतले घटेको ब्यवासायीहरूले बताएका छन् । तरुल राजधानीमा सहजै आपूर्ति भएको कारणले पनि मूल्य घटेको उनिहरूको भनाइ छ ।
त्यसैगरी यो बर्ष कालिमाटि तरकारी तथा फलपुल बजारमा माघे संक्रान्तिका लागि १ सय ५० टन पीडालु भित्रिएको छ भने भारतबाट सखरखण्ड पनि केही मात्रामा भित्रिएको छ । हाल बजारमा तरुलको प्रकार अनुसार ४०÷५० रुपैयाँ देखि २ सय ५० प्रतिकेजीमा विक्री भैरहेको छ ।
कालीमाटी तरकारी बजारमा आएका ८० प्रतिशत भन्दा बढी तरुल सर्लाहीबाट आएको छ । बारा, धार्दिङ, नवलपरासि, चितवन, तनहु लगायत जिल्लाबाट पनि केही मात्रामा भित्रिएको छ । नेपाली समाजमा हिन्दुहरुले माघे संक्रान्तिमा पुसको मसान्तमा पकाएर माघको संक्रान्तिमा खाने परम्परा रहेको छ । हाम्रो समाजमा ‘पुसमा पाक्ये, माघमा जाक्ये’ भन्ने किवंदन्ति पनि छ । कन्दमुलसँग माघेसंक्रान्ति पर्व जोडिएकाले अन्य समयमा भन्दा पुस महिनामा यसको व्यापार बढेको हो ।