Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

पर्यटन विकासका लागि कानूनी सुधार आवश्यक – सभामुख महरा

पर्यटन विकासका लागि कानूनी सुधार आवश्यक – सभामुख महरा

काठमाडौं,१ माघ । सभामुख कृष्णबहादुर महराले देशको आर्थिक विकासमा पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।  नेपाल एशोसियशन अफ टुर्र एण्ड ट्राभल एजेन्ट (नाट्टा)को ५२औँ वार्षिक साधारणसभाको अवसरमा आयोजित कर्यक्रममा मुलुकको समग्र आर्थिक विकासमा योगदान गर्ने पर्यटन क्षेत्रको विकासमा आवश्यक कानूनी सुधारका आवश्यक रहेको बताए ।  विश्वभरका पर्यटकलाई नेपालका बारेमा प्रचारप्रसार गरी नेपाल आउन अभिप्रेरित गर्ने कार्यमा सक्रिय नाट्टाले खेलेको भूमिका सराहनीय रहेको बताउदै सभामुख महराले पर्यटनको प्रचुर सम्भावना बोकेको देश नेपालको विकास गर्नका लागि नीतिगत, कानूनी क्षेत्रमा सुधार  गर्न आफ्नो सहयोग रहने बताए ।

यस्तै कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पर्यटन क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउनुपर्ने जोड दिए । पर्यटक मात्र आएर नहुने बताउँदै गुणस्तरीय पर्यटक ल्याउनका लागि सरकारले पूर्वाधारको विकास गर्नु जरुरी कार्कीको भनाइ थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x