Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

अरुण काबेलीको वार्षिक साधारणसभा सम्पन्न

अरुण काबेलीको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं, १ माघ । अरुण काबेली पावर लिमिटेडको आठौं संयुक्त वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७३÷७४ र २०७४÷२०७५ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु छलफल गरि स्वीकृत गरेको छ  । 

यसका साथै सभाले कम्पनीका संस्थापक शेयरधनीको प्रतिनित्व गर्ने सञ्चालक पद गुरु प्रसाद न्यौपाने, जिवनराज शाक्य,बच्छराज तातेड तथा  भेजप्रसाद तिमिल्सीना र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालक मिलन खड्का तथा नोलकुमारी आचार्यलाई महिलाको प्रतिनिधित्व गर्ने गरी र स्वतन्त्रतर्फबाट इन्द्रमणि त्रिताललाइ निर्वाचनमा सर्वसम्वत् सञ्चालक समितिमा चयन गरेका छ  । कम्पनीले मेची अञ्चलको पाँचथर र ताप्लेजुङ्ग जिल्लाको सिमाना भएर बहने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको कावेली बी—१ जलविद्युत परियोजना निर्माण गरिरहेको छ । सो परियोजनाबाट उत्पादन हुने विद्युतशक्ति नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको ९० किलोमिटर लामो दमक—काबेली (मेची कोरिडर) १३२ के.भी. डवल सर्किट राष्ट्रिय प्रसारण लाईन आयोजना अन्तर्गत पाँचथर जिल्ला साविकको अमरपुर गा.वि.स. स्थित अमरपुर सबस्टेसनमा जडान गरी विद्युत आपूर्ति गर्ने गरी संझौता सम्पन्न भएको छ । परियोजनाबाट बार्षिक १४,१७,४६,४७० किलोवाट घण्टा विद्युतशक्ति उत्पादन हुने प्रक्षेपण गरिएको छ । विद्युत बिक्रीको मूल्य वर्षात्का ८ महिनाको लागि रु ४.८० प्रति किलोवाट घण्टा तथा हिउँदका ४ महिनाको लागि रु ८.४० प्रति किलोवाटघण्टा कायम गरिएको छ ।  यस आधारमा यो परियोजना निर्माण सम्पन्न भई सुसञ्चालन भएको पहिलो वर्ष रु ७६.० करोड आम्दानी प्राप्त हुनेछ । यो आयमा पाँच वर्ष सम्म बार्षिक ३ प्रतिशतका दरले मूल्य वृद्धि हुनेछ  ।

सो परियोजनाको प्रस्तावित नयाँ व्यापारिक उत्पादन सरु हुने मिति २०७५ साल असोज २४ गते तय गरी विद्युत खरीद संमmौतामा तेश्रो पटक संशोधन गरिएको छ  । यो अवधिमा पनि नेपाल विद्युत प्राधिकरणले निर्माण गर्नु पर्ने ट्रान्समिशन लाईन निर्माण पुरा गरी नसकको हुँदा यसमा अर्को संशोधन गरी विक्रम सम्वत् २०७५ साल माघ महिना भित्र यस आयोजनाको निर्माण सम्पन्न भई चालु हुने अनुमान रहेको छ 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x