Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सिटिएक्सप्रेस फाइनान्स अन्तरबैंक विधुतीय भुक्तानी प्रणालीमा आवद्ध

सिटिएक्सप्रेस फाइनान्स अन्तरबैंक विधुतीय भुक्तानी प्रणालीमा आवद्ध

काठमाडौं, १५ माघ । सिटिएक्सप्रेस फाइनान्स पनि अन्तरबैंक विधुतीय भुक्तानी प्रणालीमा आवद्व भएको छ । बैंक वित्तीय संस्थाहरुलाई अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउदै लाने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कारोवार शुरु गर्ने गरि सिटि एक्सप्रेस फाइनान्स लिमिटेडलाई उक्त प्रणालीमा आवद्ध गराएको हो ।

यस प्रणाली मार्पmतकम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्णतया रुपमा संचालन गर्न सक्नेछन् । साथै ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन÷तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वत्तीय संस्थाहरुले गर्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजीबाट प्रवद्र्धित नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले विभिन्न राष्ट्रिय स्तरका भुक्तानी प्रणालीहरु स्थापना र सञ्चालनगर्ने उद्देश्य लिएको छ । हाल सम्म विद्युतीय माध्यमबाट चेकको राफसाफ गर्ने प्रणलीको लागि अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली र अनलाईन मार्फत सर्वसाधारणले सजिलैसँग विद्युतीय भुक्तानी गर्न सकिने कनेक्ट आईपिएस ई पेमेन्ट प्रणाली लागु गरी सञ्चालन गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x