Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

उद्योगी व्यावसायीका समस्या समाधानका लागि अर्थमन्त्री र गभर्नरलाई प्रधानमन्त्री ओलीको निर्देशन

उद्योगी व्यावसायीका समस्या समाधानका लागि अर्थमन्त्री र गभर्नरलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं,५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्न ब्याजदरमा लचिलो हुन बैंकहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटरमा नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधीसंगको भेटमा बैंकहरुको चर्को ब्याजदरका कारण उद्योगी ब्यवसायी समस्यामा परेको भन्दै व्यासायीहरुले गुनासो गरेपछि प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले बैंकहरुलाई मूख्य गरी उत्पादनमुलक, रोजगारीका अवसर सृजना गर्ने, आत्मनिर्भर र निर्यातजन्य उद्योगहरुमा लगानी गर्न सुझाव दिए ।

 ‘बैंकहरुले एउटा सर्तमा ऋण दिने र आफू खुशी ब्याज बढाउदै लैजाने कुरा उपयुक्त हुदैन । यसमा सरकारले नियमन गर्छ’, प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्ती ओलीले व्यावसायीहरुको गुनासोका बारेमा बैंकहरुसँग कुरा गर्न र त्यसको नियमन गर्न अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनरलाई निर्देशन समेत दिए।

 ‘लगानी गरेपछि त्यसबाट अर्थतन्त्रमा केही न केही टेवा पुग्ने क्षेत्रमा लगानी बढाउनुहोस र त्यस्त क्षेत्रमा गरेको लगानीको ब्याजमा पनि लचिलो हुनुहोस’, प्रधानमन्त्री ओलीले भने, ‘सबैभन्दा बढी लगानी कृषि क्षेत्रमा गर्नुहेस र सबभन्दा कम ब्याज उठाउनुहोस । बिलासिताका वश्तुमा लगानी कम गर्नुहोस । ब्याज बढी गर्नुहोस ।’

प्रधानमन्त्री ओलीले सरकारले सबै क्षेत्रको एकाधिकार तोड्ने खुला प्रतिष्पर्धाको वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरे । सरकार उद्योगी व्यावसायीका समस्या समाधान गर्न सदा सकारात्मक रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x