नेपालमा लगानी गर्न बेलायतमा रहेका नेपालीलाई अर्थमन्त्रीको आग्रह
काठमाडौं, १० फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले बेलायतमा रहेका नेपालीहरुलाई लगानी बोर्ड मार्फत विकासमा आउन आग्रह गरेका छन् । ब्रिटिश एक्सपर्टिज इन्टरनेशनल (बिईआई) ले आयोजना गरेकोे नेपालमा लगानीको अवसर विषयक कार्यक्रममा उनले नेपालमा लगानीको अवसर रहेको भन्दै यस्तो आग्रह गरेका हुन ।
उनले दुई दर्जन भन्दा बढि बेलायती कम्पनीका व्यवसायी तथा लगानीकर्ताहरुसंग छलफल गरेका छन् । कार्यक्रममा नेपालमा गरिने लगानीको सुरक्षा र सहज वातावरण दिन सरकार तयार रहेको समेत विश्व समुदायलाई उनले विश्वास दिलाए ।
चैत १५ र १६ गते नेपाल ठूला लगानीकर्ता आकर्षित गर्न आयोजना गर्न लागिएको सम्मेलनको पूर्व तयारी स्वरुप बेलायत भ्रमणमा गएका हुन ।