Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

धितोपत्र सम्बन्धी ऐन, २०६३ को संशोधन प्रक्रिया अगाडि बढेको बोर्डद्वारा जानकारी

धितोपत्र सम्बन्धी ऐन, २०६३ को संशोधन प्रक्रिया अगाडि बढेको बोर्डद्वारा जानकारी

काठमाडौं,१५ फागुन । नेपाल धितोपत्र बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को संशोधन प्रक्रिया अगाडि बढाएको बताएको छ ।  धितोपत्र दलाल व्यवसायीहरुले धितोपत्र बोर्डका विरुद्ध संघर्षका कार्यक्रम सार्वजानिक गर्ने चेतावनी दिएपछि बोर्डले विज्ञप्ति निकालेर धितोपत्र सम्बन्धी ऐन, २०६३ को संशोधन प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको हो ।

साथै बोर्डले सरकारद्वारा गठित मुद्रा तथा पूँजी बजार सम्वन्धी कार्यदलको सुझाव अनुसार सरकार र बोर्ड समस्या समाधान गरी बजारको सुधार गर्ने क्रममा रहेको उल्लेख छ । विगत केही वर्षदेखि धितोपत्र दलाल व्यवसायी सेवालाई मूल्य अभिवृद्धि करमा आवद्घ गर्ने सम्बन्धमा समस्या रहेकोमा बोर्डको पहलमा सरकारले धितोपत्र दलाल व्यवसायलाई मूल्य अभिवृद्धि कर नलाग्ने व्यवस्था गरेको जनाएको छ ।

यसैगरी मार्जिन कारोवार सुविधा उपलब्ध गराउने कार्य कार्यान्वयनमा ल्याउन नेप्से र धितोपत्र दलाल व्यवसायीहरुलाई निर्देशन दिइएकोमा उक्त कार्यान्वयनमा आउन लागेको पनि उल्लेख गरेको छ । धितोपत्र दलाल व्यवसायी संस्थालाई सुदृढ गर्दै काठमाडौं उपत्यका बाहिर ४१ स्थानमा शाखा खोल्न स्वीकृत दिइएको र आठ ठाँउमा शाखा खोल्न पूर्व स्वीकृति दिइएको विज्ञप्तिमा उल्लेख छ । साथै बोर्डले व्यवसायीलाई आफ्नो व्यवसायिक मर्यादा कायम राखी पूँजी बजारको विकास र विस्तारमा सहयोग गर्न बोर्डले आग्रह गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *