प्रभु बैंक लिमिटेडले ८ प्रतिशत बोनस सेयर वितरण गर्ने
काठमाडौं, २० फागुन । प्रभु बैंक लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले गत आर्थिक वर्षएको मुनाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरण पछि बैंकको जारी तथा चुक्ता पूँजी ८ अर्ब ८९ करोड २६ लाख ७८ हजार ९ सय रुपैयाँ पुग्ने बैंकले जनाएको छ।
त्यस्तै साधारणसभाले संस्थापक समूह तर्फ कायम रहेको ६१.३१ प्रतिशत र सर्वसाधारण समूह तर्पm कायम रहेको ३८.६९ प्रतिशतको सेयर संरचना परिवर्तन गरी संस्थापक समुह तर्पm ५५ प्रतिशत र सर्वसाधारण समूह तर्फ ४५ प्रतिशत कायम गर्ने निर्णय गरेको छ । त्यसका लागि प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय पनि सभाले गरेको छ ।
हल बैबंकले देशका विभिन्न स्थानमा शाखा रहित बैंकिङ्ग सेवा, १० वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १ सय ३२ वटा एटिएम मेसिन तथा १ सय ६५ शाखा कार्यालयबाट आफ्नो सेवा दिदै आएको छ ।