धार्मिक पर्यटन विस्तारमा राष्ट्रपति भण्डारीको जोड
काठमाडौं,२३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक र धार्मिक सम्पदा सरक्षण र नयाँ पहिचान गर्दै धार्मिक पर्यटन विस्तारमा जोड दिनुपर्ने बताएकी छन् । मनकामना मन्दिरको पुननिर्माण सम्पन्न समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले धार्मिक पर्यटकीय गन्तव्यको हिसाबले राम्रो सम्भावना बोकेको क्षेत्र भएकाले योजनाबद्ध ढङ्गले विकास गर्नुपर्नेमा जोड दिइन । मनकामना क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने उनको भनाइ थियो ।ओझेलमा परेका अन्य ऐतिहासिक र धार्मिक सम्पदाको उजागर गरी वृहत धार्मिक पर्यटकको केन्द्र बनाउन सके यहाँ आफ्नै ठाउँमा रोजगारीको अवसरसमेत सिर्जना हुने धारणा राखिन् ।
सरकारको आर्थिक र प्राविधिक सहयोगमा जनताबाटै अधिक रकम सङ्लकन गरी ऐतिहासिक मनकामना मन्दिर निर्माण हुनु सरकार र जनताबीचको सहकार्यको एउटा उदाहरणीय नमूना भएको उल्लेख गरिन । “२०७२ सालको भूकम्पले ठूलो क्षति पुर्याएको जिर्णोद्धारको पर्खाइएमा रहेको मन्दिर जनसमुदायको सहकार्यमा पुनःनिमार्ण भएको छ उनले स्थानीयलाई धन्यवाद समेत दिइन ।
उनले जनता सक्रिय भए आफ्नो क्षेत्रको विकास आफै गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण मनकामना मन्दिरको पुनःनिर्माणको कार्यले देखाएको बताइन ।