Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

उद्योगपति केडियो अपहरणका मुख्य योजनाकार पाशवान पक्राउ

उद्योगपति केडियो अपहरणका मुख्य योजनाकार पाशवान पक्राउ

काठमाडौं, २५ फागुन । वीरगन्जका  उद्योगपति सुरेश केडियोको अपहरणका मुख्य योजनाकार पक्राउ परेका छन् । केडिया अपहरणका मुख्य योजनाकार भारत विहारको रक्सौल निवासी बब्लु पाशवान र बाहन चालक भारतको मोतिहारी निवासी विजय कुमार महतोलाई पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलनको आयोजना गरी उनिहरुलाई सार्वजानिक गरेको हो । २०७३ साल जेष्ठ १३ गते बारा जिल्लाको महागढीमाई नगरपालिकाको वडा नं. १ स्थित पसहापुलबाट उद्योगपति  केडिया अपहरणमा परेका थिए ।

केडिया अपहरणको मुख्य योजनाकार पाशवना र अपहरणको क्रममा बाहन चलाउने चालक महतोलाई पर्साको  छिपहरमाई गाउपालिकाबाट शुक्रबार बिहान नियन्त्रणमा लिइएको प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिए ।  सिमापारीबाट आएका संदिग्द व्यक्तिहरुले अपराधिक घटना  घटाउने योजना बनाएको गोप्य पुचनाको आधारमा गाँउपालिकाको वडा नं. ५ भिष्वामा कार्यवाही गर्दा पाश्वन र महतो फेला परेको परेको  हो ।  

पक्राउ परेका दुवै जना भारतीय नागरिकहरुमाथि  अपहरण, संगठित अपराध , शरिरबन्धक तथा हातहतियार खरखजाना मुद्दा चलाइने पर्सा प्रहरीले जानकारी दिएको छ ।  अपहरणमा परेका केडियालाई भारतीइ सुरक्षाकर्मीको सहयोगमा भारतको मोतिहारीबाट उद्धार गरिएको थियो ।   

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x