मुक्तिनाथ विकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बीमा सेवा सम्झौता
काठमाडौं, २८ फागुन । मुक्तिनाथ विकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंक र बीमा कम्पनीबीच बीमा सेवा आदन प्रदान गर्ने गरि सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नूर प्रकाश प्रधानले हस्ताक्षर गरेका हुन् । सो सम्झौता पश्चात लुम्बिनी जनरल इन्स्योरेन्सले जारी गर्ने विभिन्न निर्जीवन बीमा योजनाहरु मुक्तिनाथ विकास बैंकको देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध जनाइएको छ ।