Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

न्युर्योकमा राष्ट्रपति भण्डारी उच्चस्तरीय भेटवार्तामा

न्युर्योकमा राष्ट्रपति भण्डारी उच्चस्तरीय भेटवार्तामा

काठमाडौं, २९ फागुन । संयुक्त राष्ट्रसंघको शक्तिमा रहेका महिला भेलाका लागि न्युर्योकमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त छिन् । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजसँग जलवायु परिवर्तन तथा दिगो विकास लक्ष्यका सन्दर्भमा कुराकानी गरेकी छिन् ।

गुटरेजसँग नेपाल र राष्ट्रसंघबीच सहकार्य सहित शान्ति प्रक्रियाका सन्दर्भमा समते कुराकानी भएको बताइएको छ। सोही क्रममा राष्ट्रपति भण्डारी र क्रोयसियाका राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिकसँग द्विपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको छ । राष्ट्रसंघ महासभा सभापति मारिया फर्नान्डासँग साईड लाईन वार्ताका क्रममा विश्वमा महिला नेतृत्वको आवश्यकताका विषयमा छलफल भएको छ ।

हिजो राष्ट्रसंघीय भेलामा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विश्वमा महिलाको अवस्था प्राकृतिक नभएकाले त्यसलाई परिवर्तन गर्न सम्भव रहेको बताइन । महिलाको अवस्था परिषदको सम्मेलनको मन्त्रिस्तरीय बैठकमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि थममाया थापाले आज सम्बोधन गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारी सहितको नेपाली टोली भोली काठमाडौं फकर्नछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x